ON AIR

चौथो नुवाकोट महोत्सवको आज दोश्रो दिन

|Views: 228

१५, माघ, नुवाकोट । “चौथो नुवाकोट महोत्सव” सुरु भएको छ । शहरी विकास मन्त्री तथा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सासद् अर्जुननरसिंह केसीले महोत्सवको विशेष समारोहको बीच उद्घाटन गर्दै नुवाकोटमा रहेका कृषि उब्जनी, कला, सस्कृतिक तथा पर्यटकीय पहिचनको लागी प्रचार प्रबद्धनमा टेवा पुग्ने बताउनुभएको छ ।


उहाँले महोत्सवमा प्रस्तुत गरेको विभिन्न स्थानको झाँकी, पञ्चेबाजा, भजन तथा लाखे नाचले लुकेका सस्कृतिको पहिचान र औद्योगिक दृष्टिकोणले समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । उहाँले नुवाकोटमा विकासको पूर्वाधारहरुको निर्मार्णहरु धमाधम भइरहेको समयमा यहाँ रहेको आर्थिक क्षेत्रको विकासको लागी महोत्सवले नुवाकोटमा औद्योगिक क्षेत्रको स्थापनाको लागी महत्व राख्ने बताउनुभएको छ ।
यस्तै, नुवाकोट महोत्सवको सम्बोधन गर्दै सांसद् तथा काँग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जिल्लामा उत्पादन भएका कृषि उब्जनी, हस्तकलाको सामाग्रिको बजार प्रबद्धनको लागी महोत्सव मार्फत नुवाकोटलाई आर्थिक रुपमा समृद्ध बनाउन तर्फ केन्द्रित गराउन सुझाव दिनुभएको छ ।  


     नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा नुवाकोटको बट्टार बसपार्कमा हिजोदेखि सुरु भएको महोत्सवमा आगामी २४ गतेसम्म ११ दिन सञ्चालन हुने संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभएको छ । महोत्सव मार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण, पर्यटन प्रबद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारिकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको संघका अध्यक्ष कार्कीले बताउनुभएको छ । 
महोत्सवको उद्घाटनमा नुवाकोटमा रहेका क्रियाशिल राजनीतकि दल, वित्तिय तथा आर्थिक क्षेत्रका व्यक्तित्वहरु, सरकारी तथा निजी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
“धार्मिक तथा ऐतिहासिक नुवाकोटको पहिचान, कला सस्कृति सम्बद्धन र समुन्नत नुवाकोट हाम्रो अभियान” भन्ने मूल नाराको साथ सुरु भएको महोत्सवको पहिलो दिन हिजो मौसममा देखिएको प्रतिकुलता र यातायात सञ्चालनमा पुगेको अबरोधले अपेक्षा गरेको भन्दा निकै कम अवलोकनकर्ताको सहभागिता रहेको थियो ।


दुई सय ५० स्टलमा कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, विज्ञान तथा उपयुक्त प्रविधिको प्रर्दशनी, लघु घरेलु हस्तकलाका सामग्रीहरूको बिक्री, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रतिभा प्रस्तुति, रेन्वो ट्राउट माछाको परिकारको बिक्री तथा प्रदर्शनी, ग्रामीण पर्यटन विकास हुने कार्यक्रम, त्रिशूली नदीमा, ¥याफ्टिङको सुविधा, हेलिकोप्टरमा नुवाकोट र रसुवाको भ्रमण लगायतको व्यवस्था मिलाइएको छ ।
महोत्सवमा भूकम्प प्रतिरोधी घरका नमुना प्रदर्शनी विशेषज्ञसहित परामर्शका साथै स्थानीय कलाकारले प्रस्तुती रहने सङ्घले जनाएको छ ।
चौथो नुवाकोट महोत्सवको लागी ६७ लाख ५० हजार रुपैयाँको कारोबार गर्ने योजना बनाइएको छ । विशुद्ध आर्थिक प्रबद्धनको लागी महोत्सव सञ्चालन गर्न लागिएकाले नाफा÷नोक्सान भन्दा पनि नुवाकोटमा उत्पादन भएका कृषि सामाग्रिको बजारीकरण, धार्मिक एंव सास्कृतिक सम्पदाको पर्बद्धन, पर्यटकीय स्थानको प्रचारमा जोड दिन केन्द्रित रहने लक्ष्य बनाइएको आयोजकले जनाएको छ ।