ON AIR

विदुरमा निःशुल्क इन्टरनेट

|Views: 160

विदुर/नुवाकोटको विदुरमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ । विदुर नगरपालिका वडा नम्बर ३ निवासी युवा समाजसेवी माधव रिजालले व्यक्तिगत पहलमा सञ्चालन गर्नुभएको निःशुल्क इन्टरनेट सेवाको उद्घाटन गर्दै शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले निरन्तरता दिन सुझाव दिनुभयो । शहरी विकास मन्त्री केसीले आधुनिक प्रतिस्पर्धामा इन्टरनेट सेवा अनिवार्य जत्तिकै भएकाले व्यक्तिगत पहलमा सुरु भएको सेवाका प्रशंसा गर्दै युवाहरुले सामाजिक कार्यमा देखाएको योगदानलाई अरुले पनि अन्य प्रकारका सेवा पु¥याउन अनुसरण गर्न आग्रह गर्नुभयो । विदुर चोक स्थित आफ्नै घरबाट निशुल्क रुपमा दिन सुरु गरेको इन्टरनेट सेवा उच्च क्षमताका भएकाले विदुरचोकको आसपासको एक सय ५० मिटरसम्मको दुरीमा एकैसाथ ५० जना भन्दाबढीले प्रयोग गर्न सक्ने व्यवस्था रहेको समाजसेवी रिजालले बताउनुभयो । सामाजिक उत्तरदायित्वको रुपमा सेवा पु¥याउन सुरु गरेको निःशुल्क इन्टरनेट सेवा सञ्चालन सगै आगामी दिनमा निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।