ON AIR

चारघरे खुला दिशामुक्ता घोषणा

|Views: 200

विदुर/चारघरे गाँउ विकास समितिलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । चारघरेलाई नुवाकोटको दशौ खुला दिशामुक्त क्षेत्र गाविस घोषणा गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नुवाकोटका प्रमुख एवम सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव शिवकुमार श्रेष्ठले खुला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेका गाविसका नागरिकहरुहरुलाई तत्काल खुला दिशामुक्त क्षेत्र घोषणाको लागी न्युनतम मापदण्डहरु पुरा गर्नको लागी आग्रह गर्नुभयो । स्वस्थ्व जिवनयापनको लागी सरसफाई अत्यावश्यक रहेकाले प्रत्येक घरमा शौचालय निर्माणको लागी जागरुक हुन खानेपानि तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव शिवकुमार श्रेष्ठले नागरिकहरुलाई आग्रह गर्नुभयो । खुला दिशामुक्त गाविस घोषणा कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, नेकपा माओवादी केन्द्र नुवाकोट संयोजक हिरानाथ खतिवडा, नेकपा एमाले चारघरेका अध्यक्ष पशुपति कोईराला लगायतले नुवाकोट जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भैसक्नुपर्नेमा अझैपनि खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको उदासिनता र गाविसका नागरिकहरुले शौचालय निर्माणमा जाकरुक नहुँदा ढिलाई भएको बताएका छन् । नुवाकोट जिल्लालाई जतिसकदो चाँडो खुला दिशामुक्त क्षेत्र घोषणाको लागी सबै नागरिकलाई न्युनतम मापदण्ड पूरा गरेर शौचालय निर्माणको लागी जागरुक हुन आग्रह गरेका छन् ।  
कार्यक्रममा चारघरे गाविस स्थित बिभिन्न संघसंस्था, स्थानिय राजनितिक दलका प्रतिनिधि, बिद्यालय, वडा नागरिक मञ्चका प्रतिनिधिहरुलगायतको सहभागिता रहेको चारघरे गाविसका सचिव एवम गाविस स्तरिय खानेपानि तथा सरसफाई स्वच्छता समन्यन समितिका संयोजक रामहरी आचार्यले जानकारी दिनुभयो ।